बुधबार, १२ वैशाख २०८१

नबिल बैंकले पोखरामा खोल्यो पहिलो प्रादेशिक कार्यालय सहित ३ नयाँ शाखा

समयपोष्ट २०७४ चैत १ गते १३:१९

नबिल बैंकले पोखरा स्थित न्यूरोड शाखाको ४ नं. प्रादेशिक कार्यालय तथा तालचोक, बगर र अमरसिंहचोकमा नयाँ शाखाहरुको औपचारिक उद्घाटन गरेको छ ।

Advertisement

उक्त ४ नं. प्रदेशको प्रादेशिक कार्यालयको उद्घाटन पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जि.सी.तथा बैंकका संचालक समितीका अध्यक्ष शम्भु प्रसाद पौड्यालले बिहिवार संयुक्त रुपमा गरे । साथै बैंकका अध्यक्ष पौड्यालले तालचोक, बगर र अमरसिंहचोक स्थित थप नयाँ शाखाहरुको पनि उद्घाटन गरे ।

उद्घाटन समारोहमा पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जि.सी.ले भने ‘नबिल बैंकको प्रादेशिक कार्यालय र थप ३ नयाँ शाखाहरु सहित पोखरामा बैंकले ५ वटा शाखाहरुबाट सेवा प्रदान गर्ने भएकोमा हामीलाई अत्यन्त खुशी लागेको छ । बैंकले दिने सेवा सुविधाहरुबाट पोखराको विकासमा महत्वपूर्ण योगदान रहने विश्वास हामीले लिएका छौैं ।’

बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्यालले पोखरामा नबिल बैंकले २०५३ साल देखी नै निरन्तर सेवा दिंदै आएकोमा जोड दिंदै थप ३ वटा शाखाहरु सहित ५ वटा शाखा पुर्याउन पाउनु आफनो लागि खुशीको कुरा भएको बताए । ‘ग्राहक सुविधा उपलब्धताको लागि धेरै सेवा केन्द्र विस्तार गर्ने हाम्रो प्रतिबद्धता अनुरुप ५ शाखाहरु मार्फत यस शहरमा सेवा प्रदान गर्न पाउँदा हामीलाई अत्यन्त खुशि लागेको छ । साथै राष्ट्रकै पहिलो प्रादेशिक कार्यालयको स्थापना गरी यस क्षेत्रको विकास कार्यमा संलग्न हुन पाएकोमा गोरवान्वित छौं, उनले भने ‘आवश्यक बैंकिङ सुविधाहरु व्यवसायिक एवं प्रभावकारी रुपमा प्रदान गर्न र समाजका बृहत एवं छरिएर बसेका समुदायको बैंकिङ्ग आवश्यक्ता घरदैलोमै परिपुर्ति गर्ने तथा सधैं उत्कृष्ट सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता रहनेछ ।’

बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले नबिल बैंकको थप नयाँ शाखाहरुबाट ग्राहकहरुले सम्पूर्ण बैंकिङ्ग सुबिधाहरु प्राप्त गर्न सक्ने बताए ।
‘देशको अग्रणी स्थानमा रहन सफल नबिल बैंकले अनवरत रुपमा आफ्ना सेवा तथा सुबिधाहरु समाजका विभिन्न क्षेत्र र तप्काका बढि भन्दा बढि ग्राहकहरुलाई उपलब्ध गराउने उद्देश्य अनुरुप देशका विभिन्न क्षेत्रका आङ्खनो शाखा कार्यालयको सजांल बताउादैं लगिरहेको छ, उनले भने ।

नबिल बैंकले ६२ वटा शाखाहरुको बृहत सञ्जाल, १०५ वटा एटिएमहरुको विशाल संरचना र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत् सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालाहरुसंगै अघि बढ्ने विश्वास लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री