शुक्रबार, १६ चैत २०८०

टिकट बेच्न खुलेका आठ सय अनलाईन सरकारद्धारा बन्द

समयपोष्ट २०७४ चैत १ गते १५:४७

विश्वकप प्रतियोगिताको टिकट विक्री गर्ने भनी विश्व फुटवल महासंघ (फिफा) टिकट बुकिङ खुल्नु पहिले नै गैरकानूनी रूपमा टिकट बेच्ने तयारीमा रहेका आठ सय भन्दा बढी वेभसाईटहरुलाई रसिया सरकारले बन्द गरिदिएको छ ।

Advertisement

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले फुटबल प्रतियोगिताको खेल हेर्नका लागि टिकट बेच्न गैरकानूनी रूपमा बनाइएका वेबसाइटहरुलाई बन्द गरिदिएको हो ।

रसियाका ८५८ ओटा वेभसाइटहरू बन्द गरिएको समाचार स्थानीय सञ्चार माध्यमहरुले बिहीबार संप्रेषण गरेका छन् ।
रसियामा आउदो जुन १४ देखि जुलाई १५ सम्म विश्वकप फुटवल प्रतियोगिता आयोजना हुन लागेको छ । रासस/एएफपी

प्रतिक्रिया

सम्बन्धित सामाग्री