शुक्रबार, १४ वैशाख २०८१

प्रभु इन्स्योरेन्सले ४६ प्रतिशत हकप्रद जारी गर्ने

समयपोष्ट २०७४ चैत २ गते ५:०३

प्रभु इन्स्योरेन्स ४६ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने अनुमति माग्दै धितोपत्र बोर्ड पुगेको छ । कम्पनीले १ः०.४६ अनुपातमा ३१ करोड ६६ लाख रुपैयाँ बराबरको ३१ लाख ६६ हजार ६७७ कित्ता हकप्रद सेयर बिक्री गर्न बोर्डमा निवेदन दिएको हो ।

Advertisement

कम्पनीको गत कात्तिक २१ गते सम्पन्न साधारणसभाले १९.२० प्रतिशत बोनस पश्चात ४६ प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव पारित गरेको थियो । कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ६८ करोड ८४ लाख रुपैयाँ छ । हकप्रद बिक्रीपश्च्यात कम्पनीको चुक्ता पुँजी १ अर्ब ५० लाख पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री