बिहीबार, ६ वैशाख २०८१

प्रभु लाइफको एकैदिन चार शाखा सञ्चालनमा

समयपोष्ट २०७४ चैत २ गते ५:१९

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले एकैदिन चार शाखा सञ्चालनमा ल्याएको छ । कम्पनीले बिहीबार ललितपूर, कलंकी, बानेश्वर र बनेपामा नयाँ शाखा विस्तार गरेको हो ।

Advertisement

ललितपूर शाखाको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले उदघाटन गरेका छन् । यस्तै कम्पनीका सञ्चालक नरेशबहादुर मल्लले कलंकी शाखा, कम्पनीका संस्थापक शेयरधनी अम्बिका शर्माले बानेश्वर शाखा तथा कम्पनीकै संस्थापक शेयरधनी तथा सांग्रिला विकाश बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेलले बनेपा शाखाको उद्घाटन गरेका छन् ।

यसअघि नै प्रभु लाइफइन्स्योरेन्सले ताहाचल, वीरगंज, इटहरी, पोखरा, धनगढी, सिन्धुली तथा भक्तपुरमा शाखा विस्तार गरिसकेको छ । दुई अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले छिट्टै नै सर्वसाधारणका लागि शेयर निष्काशनको तयारी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री