बिहीबार, १३ वैशाख २०८१

एनआइसी एसियाले स्विकृत गर्यो रिसालको राजिनामा, कामु प्रमुख कार्यकारीमा न्यौपाने नियुक्त

समयपोष्ट २०७४ चैत २ गते ७:०६

एनआइसी एसिया बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा रोशनकुमार न्यौपाने नियुक्त भएका छन् । बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले न्यौपानेलार्इ सो पदमा नियुक्त गरेको हो ।

Advertisement

न्यौपाने बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत थिए । आजकै बैठकले प्रमुख कार्यकारी अधिकृतबाट लक्ष्मण रिसालले गरेको राजिनामा पनि स्वीकृत गरेको छ ।

रिसालको राजिनामासँगै न्यौपानेलाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोकिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री