बिहीबार, १५ चैत २०८०

एनसिसी बैंकका १३ कर्मचारी पक्राउ

समयपोष्ट २०७४ चैत २ गते ८:५८

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसिसी) को केन्द्रीय कार्यालयका १३ जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।

Advertisement

ब्यूरोले आज बैंकको केन्द्रीय कार्यालय कमलादीमा छापा मारी बैंकमा कार्यरत कर्मचारीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको ब्यूरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार तत्कालीन एपेक्स डेभलपमेन्ट बैंक र एनसिसी बैंक मर्ज हुने क्रममा एपेक्सका उच्च कर्मचारीले कर्जा प्रवाह गर्दा अनियमितता गरेको राष्ट्र बैंकले दिएको सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।
रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री