शुक्रबार, १४ वैशाख २०८१

दमकमा सिभिल बैंकको शाखा विस्तार

समयपोष्ट २०७४ चैत २ गते १०:५२

सिभिल बैंक लिमिटेडले दमकको फर्निचर लाईनमा ५८औं शाखा विस्तार गरेको छ । शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेप्यूटी गभर्नर चिन्तामणि शिवाकोटीलेले गरेका छन् ।

Advertisement

उद्घाटन समारोहमा नेपाल राष्ट्र बैंकका डेप्यूटी गभर्नर चिन्तामणि शिवाकोटी, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ, ईलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक गिरी, दमक नगरपालिकाका वडा अध्यक्ष, उद्योगी व्यवसायीलगायत बाक्लो उपस्थिति थियो ।

कार्यक्रमका नेपाल राष्ट्र बैंकका डेप्यूटी गभर्नर चिन्तामणि शिवाकोटीले नेपाललाई समृद्धि तर्फ लैजान सबैले ब्यक्तिगत बजेट बनाई सम्भाव्य खर्चहरुको उचित व्यवस्थापन गरी उत्पादनमुलक क्षेत्रमा लगानी गर्न आवश्यक पुजीँको निर्माण गर्न आग्रह गरे ।

उनले राष्ट्र बैंकले नियमक निकायको जिम्मेवारीलाई बहन गर्दै हरेक स्थानीय तहमा बित्तिय पहुँच पुर्याउने नीति अनुरुप हरेक स्थानीय निकायमा कम्तीमा एउटा बाणिज्य बैंकको शाखा खोल्न निर्देशन दिएको जानकारी दिए ।

कार्यक्रममा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी प्रविधिकेन्द्रित सेवा लगायत सम्पुर्ण सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै जाने बताए ।

सिभिल बैंकले हालसम्म दुई लाख भन्दा बढी ग्राहक, रु.३७ अर्व भन्दा बढी निक्षेप परिचालन गरी करीव रु.३६ अर्व कर्जा लगानी गरेको छ । बैंकले यसै त्रैमासको अन्त्यसम्ममा खोलिने थप शाखा सहित बैंकको कुल शाखा संख्या ५९ पुग्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री