बिहीबार, २७ वैशाख २०८१

अभिनेत्री आलिया भन्छिन् : जब मेरो डेटिङ तथा अफेयरको समाचार पढ्छु, म आफैँ कन्फयुजमा पर्छु

समयपोष्ट २०७४ चैत ३ गते ३:२९

अभिनेत्री आलिया भट्ट २५ वर्ष पुगेकी छिन् । सन् १९९३ मार्च १५ मा जन्मिएकी आलिया सानो उमेरमै बलिउडमा सफलता प्राप्त गर्ने कम हिरोइनमध्येमा एक हुन् ।

Advertisement

केही दिनदेखि नयाँ फिल्म ब्रह्मास्त्रको सुटिङका लागि बुल्गेरियामा रहेकी आलियाले यसपटक परिवारका साथ जन्मदिन मनाउन पाइनन् ।

तर, उनलाई ब्रम्हास्त्र फिल्मको टिमले सुटिङ सेटमै सरप्राइज पार्टी दिएको छ । केही दिनअघि आलियाको अभिनेता प्रेमी सिद्धार्थ मल्होत्रासँग ब्रेकअप भएको खबर आएको थियो ।

सिद्धार्थसँग छुट्टिएपछि उनी रणवीर कपुरसँग डेट गरिरहेको समाचार फैलिँदै गर्दा अर्काेतिर केही मिडियाले आलिया रणवीरसँग होइन कि बिजनेसम्यान केबिन मित्तलको प्रेममा रहेको दाबी गरे । केबिन एअरटेलका मालिक सुनील मित्तलका छोरा हुन् ।

Advertisement

आफ्नो अफेयरका बारेमा आइरहेका खबरबारे आलियाले मुख खोलेकी छिन् । उनले आफ्नो अफेयरसम्बन्धी विविध खबरले आफू कन्फ्युजमा पर्ने गरेको बताएकी छिन् ।

‘जब मेरो डेटिङ तथा अफेयरको समाचार पढ्छु, म आफैँ कन्फयुजमा पर्छु,’ उनले भनेकी छिन्, ‘म आफैँलाई थाहा नभएको कुराको मिडियाले के आधारमा समाचार बनाउँछन्, म त चकित पर्छु ।

त्यसैले म यस्ता कुरामा जुहारी खेलेर बस्दिनँ ।’ उनले आफ्नो निजी जिन्दगीबारे सार्वजनिक गर्न मन नपर्ने बताउँदै मान्छेहरूले आफ्नो बारेमा जे भने पनि आफूलाई केही फरक नपर्ने दाबी गरेकी छिन् ।

आलियाले २५ वर्षकी भए पनि आफूमा बचपन अझै हावी रहेको बताएकी छिन् । बुबाआमा, आफन्त तथा साथीहरूले आफूलाई ठूली भएको भन्ने गरे पनि आफूमा परिपक्वता अझै नआइसकेको उनी स्विकार्छिन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री