शुक्रबार, १६ चैत २०८०

‘भारतको विकल्प चीन वा चीनको विकल्प भारत हुन सक्दैन’

समयपोष्ट २०७४ चैत ३ गते ७:३८

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले वर्तमान सरकारले भारत र चीन दुवै मित्रराष्ट्रसंग सन्तुलित सम्बन्ध राख्ने बताएका छन् ।

Advertisement

शनिबार रिपोर्टस क्लबको साक्षात्कारमा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले दुवै छिमेकी मुलुकसंग सन्तुलित सम्बन्ध राखिने स्पष्ट पारेका हुन् ।

भारतको विकल्प चीन वा चीनको विकल्प भारत हुन नसक्ने भन्दै उनले दुवै छिमेकीसंग असल, सन्तुलित र पारस्परिक लाभ माथिको आधारमा सम्बन्ध कायम गरिने बताए ।
उनले नेपालको भूमिलाई कुनै पनि विदेशीका लागि प्रयोग हुन नदिने पनि स्पष्ट पारे । उनले मुलुकको आर्थिक विकासलाई सघाउ पुरयाउने गरि अन्तराष्ट्रिय सम्बन्धलाई प्रगाढ बनाउदै अझ उचाईमा पुर्याउने दाबी गरे ।

२०१८ भित्र (भारत र चीन) दुवै छिमेकी मुलुकबाट उच्चस्तरीय भ्रमणहरु गराउने प्रयास भईरहेको भन्दै परराष्ट्रमन्त्री ज्ञवालीले ती भ्रमण नेपालका लागि महत्वपुर्ण हुने बताए ।
त्यसैगरी अन्य महत्वपुर्ण सम्बन्ध राख्ने राष्ट्रका प्रमुखलाई पनि नेपालको भ्रमण गराउने प्रयासमा सरकार लाग्ने उनले स्पष्ट पारे ।

उनले संयुक्त राष्ट्रसंघमा नेपाल जस्ता साना राष्ट्रको हितमा नीतिहरु पुनरावलोकन गराउने तथा सार्कलाई सक्रिय बनाई बिम्स्टेकमा नेपालको भुमिकालाई प्रभावकारी बनाउने तर्फ आफुले प्रयास गर्ने बताए ।

संयुक्त राष्ट्रसंघमा रहेर शान्ति प्रक्रियामा खेलेको भुमिकाको तुलनामा राष्ट्रसंघमा नेपालको भुमिका कम रहेको भन्दै उनले त्यसलाई बढाउनका लागि प्रयास गरिने बताए ।
सिरियामा जारी युद्धको विषयमा भने मानविय दृष्टिले सहानुभुति र चासो देखाउदै उनले शक्ति राष्ट्रको स्वार्थको सिकार सिरिया जस्तो सानो राष्ट्र भएको भन्दै त्यस किसिमको काम रोकिनुपर्ने बताए ।

परराष्ट्रमन्त्री ज्ञवालील छिट्टै नै नेपालका प्रधानमन्त्री र राष्ट्रपति दुवैले छिमेकी राष्ट्रहरुको भ्रमण गर्ने जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री