शुक्रबार, १४ वैशाख २०८१

भुकम्प गएको दुईबर्षपछि बल्ल धरहराको शिल्यान्स, काष्ठमण्डप निर्माण एक बर्षपछि

समयपोष्ट २०७५ वैशाख ७ गते १३:०६

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी निर्देशक युवराज भुसालले आगामी वर्ष असार मसान्तसम्म निजी आवास निर्माणका सबै काम सम्पन्न हुने बताउनुभएको छ ।

Advertisement

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) नेपालले आज ललितपुरको पुल्चोकमा भूकम्पपछिको पुनःनिर्माण प्रगतिको तस्वीर प्रर्दशनीमा कार्यकारी निर्देशक भुसालले विद्यालय र स्वास्थ्यचौकी निर्माणको आधाभन्दा बढी काम सकिएको गर्दै भन्नुभयो, “भूकम्पपछि उद्धार, पुनःस्थापन, पुनःनिर्माणमा विदेशी निकायको सहयोग प्रशंसायोग्य छ,

हामीले प्राधिकरण स्थापनाको आधा अवधि सकिँदा निजी एक लाख १७ हजार आवास बनिसकेको छ ।” उहाँले चार लाख ३० बढी घर बन्दै गरेकाले अगामी वर्षमा सबै निजी आवास निर्माण गरिसक्ने जानकारी दिनुभयो ।

प्राधिकरणले तीन हजार सात सय विद्यालय बनिसकेको, एक हजार सय बनिरहेको, बाँकी अर्को वर्ष शुरु हुने, प्रिफ्याबसहित आधाभन्दा बढी अस्पताल र स्वास्थ्य संस्था बनिसकेको जनाएको छ । कार्यकारी निर्देशक भुसालले यसै वर्ष धरहरा शिलान्यास हुने, रानीपोखरी र बालगोपालेश्वर मन्दिर यसै वर्ष निर्माण भइसक्ने, तथा काष्ठमण्डपको निर्माण आगामी वर्ष शुरु हुने जानकारी दिनुभयो ।

विदेशी सहयोगसहित रु एक खर्ब ४५ अर्ब खर्च भएकामा आधा खर्च नेपाल सरकारले व्यहोरेको बताइएको छ । जाइकाले २०७२ सालको भूकम्पपछि नेपालका विभिन्न जिल्लामा पुनःनिर्माणका कार्यको प्रगति समेटिएका २६ तस्वीर प्रदर्शनीमा राखेको छ ।

जाइकाका नेपाल प्रतिनिधि जुन्को साकुमाले ग्रामीण आवास, विद्यालय, अस्पताल, सांस्कृतिक सम्पदा, साना सार्वजनिक सुविधाको पुनःबहाली तथा भूकम्प प्रभावितको जीविकोपार्जनलगायत क्षेत्रलाई प्राथमिकतामा राखी काम गरिरहेको जानकारी दिनुभयो । प्रदर्शनी आगामी सोमबारसम्म चल्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री