शनिबार, ८ वैशाख २०८१

नेको इन्सुरेन्सको सेयर लिलामीमा

समयपोष्ट २०७५ वैशाख १२ गते ७:००

नेको इन्सुरेन्सले सर्वसाधारण र संस्थापक समुहतर्फमा बिक्री नभएको हकप्रद सेयर लिलामी मार्फत बिक्री गर्ने भएको छ । कम्पनीले बैशाख १९ गतेदेखि ४ हजार ६३ कित्ता संस्थापक समूह र ९५ हजार ८८५ कित्ता सर्वसाधारण तर्फको सेयर लिलामी गर्न लागेको हो ।

Advertisement

लिलामीको सेयरमा आवेदन दिने अन्तिम मिति बैशाख २६ गतेसम्म रहेको बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ । नेकोले यसअघि माघ २६ गतेदेखि चैत १ गतेसम्म बिक्रि खुला गरेकोमा सो बराबरको सेयर बिक्रि नभएपछि लिलामीमा ल्याएको हो । एनएमबी क्यापिटल र एनएमबी बैक तथा तिनका केही शाखा कार्यालयमा सेयर खरिदका लागि बोलपत्र पेश गर्न सकिनेछ ।

प्रतिकित्ता सेयरको न्युनतम मूल्य १०० रुपैयाँ तोकिएकाले सो भन्दा बढी मूल्य कबोल गरेर बोलपत्र पेश गर्नुपर्नेछ । यसमा न्युनतम १०० कित्ता र अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । नेकोको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ७२ पैसा र प्रतिसेयर नेटवर्थ २०९ रुपैयाँ ८६ पैसा छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री