शुक्रबार, ७ वैशाख २०८१

पार्टी एकताको खुशीयालीमा ओली प्रचण्डले गरे वृक्षारोपण (फोटो फिचर)

समयपोष्ट २०७५ जेठ ३ गते ७:०६

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मदन–आश्रित स्मृति दिवश तथा पार्टी एकताको खुशीयालीमा आज बालुवाटारमा वृक्षारोपण गरेका छन् ।

Advertisement

प्रधानमन्त्री ओली र अध्यक्षदाहालले एक/ एक वटा जीन्को वाइलोवा नामको विरुवा रोपेका हुन् ।

यस्तै सो क्रममा पार्टी एकता संयोजन समितिका सदस्यहरुले पनि आँप, पिपल, कपूर, अम्बालगायतका एक–एक ओटा विरुवा रोपेका थिए ।

प्रचण्ड र ओलीले रोपेको जीन्को वाइलोलाई विश्वको पुरानो बनस्पति मानिन्छ । जिन्को वाइलोवा एटमबम प्रहारबाट पनि केही असर नपरेको बिरुवा मानिन्छ । बृक्षारोपणपछि नेताहरु पार्टी एकता संयोजन समितिको बैठकमा सहभागि भएका छन् । तस्बिर : नविन पौडेल, रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री