बुधबार, १२ वैशाख २०८१

नेपाल इन्स्योरेन्सको हकप्रदमा आवेदन दिनुभयो ?

समयपोष्ट २०७५ जेठ ८ गते ८:०४

नेपाल इन्स्योरेन्सले जारी गरेको १ः१ अनुपातमा हकप्रद शेयरमा आवेदन गर्ने मंगलबार अन्तिम मिति रहेको छ । कम्पनीले बैशाख ५ गते देखि एक सय रुपैयाँ अंकित मूल्यका ३० लाख १९ हजार ८८६ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो ।

Advertisement

चैत्र २२ गतेसम्म नेप्सेमा कारोबार भई कायम साविक शेयरधनीहरुले हकप्रदमा आज कार्यालय समयसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल रहेको छ ।

शेयरधनीहरुले विक्री प्रबन्धकका साथमा नेपाल इन्स्योरेन्सको सम्पूर्ण शाखा कार्यालय र आस्वा प्रणालीमा सहभागि बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री