मंगलबार, ११ वैशाख २०८१

एशियन लाइफको ९८ हजार कित्ता शेयर लिलामीमा

समयपोष्ट २०७५ जेठ १० गते ७:१२

एशियन लाइफ इन्स्योरेन्सले हकप्रदमा बिक्री नभएको शेयर आजबाट बोलकबोल मार्फत बिक्री गर्ने भएको छ । हकप्रदमा नबिकेको सर्वसाधारण समुह तर्फको ९८ हजार २४६.२० कित्ता शेयर बोलकबोल मार्फत बिक्री गर्न लागेको हो ।

Advertisement

आबेदन गर्न चहाने लगानीकर्ताहरुले जेठ १० गते देखि १७ गते सम्ममा कम्तीमा एक सय रुपैंयाको दरमा आवेदन गर्नु पर्ने हुन्छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलको कार्यलय तथा शाखा कार्यलयहरु लालदरबार काठमाडौं, लगनखेल ललितपुर, चिप्लेढुङ्गा पोखरा, ट्राफिकचोक बुटवल, आर्दशनगर वीरगंज र गोल्छाचोक विराटनगरमा पनि आवेदन दिन सकिनेछ ।

त्यसैगरी नेपाल इन्भेष्टमेन्ट बैंकको सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढि शाखा कार्यलयहरुबाट पनि आवेदन दिन सकिने बताइएको छ ।

एशियन लाईफले गत फागुन १३ गतेदेखि बैशाख ३ गतेसम्म दुई बराबर एक कित्ता अनुपातमा ४० लाख २७ हजार ९६६ कित्ता हकप्रद जारी गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री