शनिबार, १५ वैशाख २०८१

सरकारले ल्यायो नागरिकका गुनासो सुन्न मोबइल एप

समयपोष्ट २०७५ जेठ १० गते ११:०३

सरकारी सेवा सम्बन्धी गुनासाहरुलाई अब सरकारले मोबाइल एपबाटै सुन्ने अवधराणा तयार गरेको छ । यसका लागि ‘नागरिक अधिकार’ मोबइल एप सञ्चालनमा ल्याउने गृहकार्य भइरहेको छ । यो एप आधुनिक र सुविधाजनक हुनेछ । नागरिकले सजिलै प्रयोग गर्न सक्ने गरी यसको निर्माण गर्ने योजना छ ।

Advertisement

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले यस्तो एप निर्माणका लागि गृहकार्य थालिएको जनाएको छ । एकीकृत रुपमा सरकारका सबै निकायसम्बद्ध गुनासो सुन्न र सम्बोधन गर्नका लागि मोबइल एप सञ्चालन गर्ने योजना बनेको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले बताए ।

यस्तो एपमा सबै मन्त्रालय र सम्बद्ध निकायको गुनासो सोझै एपमार्फत कार्यलय प्रमुखसम्म पुर्‍याउन सकिने अवधारणा तयार गरिएको छ ।

यो एप बनाउन आगामी आर्थिक वर्षको बजेटमा आवश्यक व्यवस्था हुनेछ । यसमार्फत आउने गुनासो प्रभावकारी बनाउन प्रत्येक मन्त्रालयमा गुनासो सम्बोधन गर्न छुट्टै संयन्त्र पनि राख्ने तयारी छ ।

सरकारले नीति तथा कार्यक्रममा प्रत्येक मन्त्रालयमा समस्या समाधानका लागि छुट्टै व्यवस्था गर्ने उल्लेख गरेको छ । त्यही संयन्त्रलाई यसमा प्रयोग गर्न सकिने अधिकारीहृरु बताउँछन् ।

‘अहिले हेल्लो सरकारले गरिरहेको कामलाई थप व्यवस्थित र छरितो बनाउन यो व्यवस्था गर्न लागिएको हो,’ प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने,’गुनासो सुनेपछि तत्कालै त्यसको सम्बोधन गराउन यो प्रभावकारी हुनेछ ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री