शुक्रबार, ७ वैशाख २०८१

१ के.जी सुन र ११ लाख नगद लुटपाट काण्ड: सहायक निरीक्षक खड्का पक्राउ

समयपोष्ट २०७५ जेठ १४ गते ७:५८

सशस्त्र प्रहरीका सहायक निरीक्षक विशाल खड्का पक्राउ परेका छन् । एक किलो सुन तथा नगद लुटेको आरोपमा निरीक्षक खड्कालाई पक्राउ गरिएको हो ।

Advertisement

सशस्त्र प्रहरी मुख्यालय, हल्चोकको खेलकुद शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक खड्कालाई करिब एक महिना अगाडिको लुटपाट घटनामा संलग्न रहेको आशंकामा प्रहरीले आइतबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार खड्कासहित ७ जनाको समूहले सुन्धारास्थित होटल मेजेस्ट्रीमा बसेका वीरगञ्जका एक सुन व्यवसायीको साथबाट ८ सय ८३.१०० ग्राम सुनसहित ११ लाख रुपैयाँ लुटेका थिए । पूर्वयोजना अनुरुप व्यवसायीलाई रेकी गरेर उनीहरूले लुटपाट गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

घटनामा संलग्न ७ जनामध्ये चार जना फरार रहेका काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहन थापाले बताए । घटनामा संलग्न अभिनाश शाह र प्रवीन गिरीलाई यसअघि नै काठमाडौं प्रहरी परिसरले पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री