बिहीबार, २० वैशाख २०८१

प्रभु इन्स्योरेन्सको ४६ प्रतिशत हकप्रदपछिको सेयरमूल्य समायोजन

समयपोष्ट २०७५ जेठ १४ गते ९:१३

नेप्सेमा सोमबार प्रभु इन्स्योरेन्सको ४६ प्रतिशत हकप्रदपछिको सेयरमूल्य समायोजन भएको छ । इन्स्योरेन्सकाे सेयरमूल्य प्रतिकित्ता ५४० रुपैयाँ निर्धारण गरेको छ । यसको औसत आधारमूल्य ७२५ रुपैयाँ ३६ पैसा कायम भएको छ ।

Advertisement

प्रभु इन्स्योरेन्सले हकप्रद जारी गर्न आज (जेठ १४ गते) सेयरधनी किताब बन्द गरेकाले आइतबारसम्म कायम रहेका सेयरधनीले मात्र हकप्रद पाउनेछन् । प्रभु इन्स्योरेन्सले धितोपत्र बोर्डबाट बैशाख २७ गते १० बराबर ४.६ कित्ता अनुपातमा ३१ लाख ६६ हजार ६७७।६३ कित्ता हकप्रद सेयर निष्काशन गर्न स्वीकृती प्राप्त गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री