मंगलबार, ११ वैशाख २०८१

सनराइजले दियो स्वास्थ्य बीमा रकम

समयपोष्ट २०७५ जेठ १६ गते ४:०१

सनराइज बैङ्कले आफ्ना बचत खाताका ग्राहकलाई बीमा रकम भुक्तानी गरेको छ । बैङ्कले ‘स्वास्थ्य बीमा सुविधा’अन्तर्गत लुभु शाखाका ग्राहकद्वयलाई रकम भुक्तानी गरेको हो ।

Advertisement

बैङ्कले राजेन्द्र महर्जनलाई उपचार खर्चबापत १ लाख रुपैयाँ तथा केशवप्रसाद मिश्रलाई २३ हजार ९ सय १६ रुपैयाँ हस्तान्तरण गरेको हो । बैङ्कका वरिष्ठ नायब महाप्रबन्धक आशा राणा अधिकारीले उनीहरूलाई रहम प्रदान गरेकी हुन् ।

बैङ्कले बीमाअन्तर्गत बैङ्कका बचतकर्ताले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च १ लाख रुपैयाँमा नबढ्ने गरी आफ्नो बचत खातामा रहने वार्षिक औसत मौज्दातको २५ प्रतिशत वा बिल रकममध्ये जुन कम हुन्छ सो रकम प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री