बुधबार, १२ वैशाख २०८१

वीरमा भ्रष्टचार: २ अर्ब खोज्दै अख्तियार र सतर्कता,एउटा मेशिन खरिदमै १० करोड अनियमितता

समयपोष्ट २०७५ जेठ २० गते ७:३८

नेपालकै जेठो अस्पतालका रुपमा चिनिएको वीर अस्पतालका पुराना कर्तुत बाहिर आउन थालेका छन् । धुर्मुस–सुन्तली फाउण्डेसनले सरसफाइ अभियान चलाएसँगै सबैको नजर वीरमा परेसँगै भ्रष्टचारको वास्तविक कर्तुत बाहिर आउन थालेको हो वीर अस्पतालमा भएको भ्रष्टचार र अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सर्तकता केन्द्रले संयुक्त रुपमा अनुसन्धान सुरु गरेको हो ।

Advertisement

अख्तियार र सतर्कता केन्द्रले अस्पताल सुधारका लागि सरकारले दिएको दुई अर्बको खोजी गर्न थालेका छन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत वीर अस्पताल र ट्रमा सेन्टरमा भएका भ्रष्टाचार र अनियमितताको सुबत प्रमाण सहित ८४ बुँदाको उजुरी परेपछि अख्तियार र सतर्कताले छानविन अघि बढाएका हुन् । महालेखा परीक्षकको प्रतिवेदनले समेत वीर अस्पताल प्रशासनमा ठूलो अनियमितता देखाएपछि अनुसन्धान अघि बढाउन लागिएको हो ।

अस्पताल सुधारका लागि गगन थापा स्वास्थ्यमन्त्री भएको बेला सरकारले दिएको २ अर्बभन्दा बढी रकमको अधिकांश हिस्सा सामान खरिदमा सकिएको छ ।

सिटी स्क्यान मेसिन खरिदमै १० करोड अनियमितता भएको, ट्रमा सेन्टरमा अर्बौंको सामान खरिदमा अनियमितता भएको र ठेक्कापट्टा तथा खरिदमा व्यवसायीसँग मिलेमेतोमा भ्रष्टाचार हुने गरेको आरोपमा छानविन शुरु भएको स्रोतले जनाएको छ ।

अस्पताल प्रशासन कर्मचारीकै मिलेमतोमा भएको भ्रष्टचारबारे अख्तियारले सुक्ष्म छानविक सुरु गरेको हो । घटना गम्भीर भएकाले विस्तृतमा सबै विवरण आउन बाँकी नै छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री