शुक्रबार, १४ वैशाख २०८१

कहिलेसम्म सम्पन्न होला ढल्केबर सव स्टेसन निर्माण ? यसो भन्छ कम्पनी

समयपोष्ट २०७५ जेठ २० गते ८:०९

धनुषामा निमार्ण भैरहेको ढल्केबर सव स्टेशनको सम्पुर्ण काम आउदो असारभित्र सम्पन्न हुँने भएको छ । आयोजना निर्माण गरिरहेको कम्पनी टेल्मोस इलेक्ट्रोनिसले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसंग असार महिनाभित्र सम्पूर्ण काम सक्ने प्रतिबद्धता जनाएको हो ।

Advertisement

आइतबार आयोजनास्थलको अनुगमनका लागि पुगेका घिसिङले सम्झौता भएको समयभित्र काम नभए निर्माण कम्पनीलाई कारवाही गर्ने चेतावनी दिएसंगै कम्पनीले उक्त प्रतिबद्धता जनाएको हो

शुरुमा सवस्टेशन निर्माणको जिल्ला पाएको सेन्ट्रल चाइना ग्रिडले काममा आलटाल गरेको थियो । प्राधिकरणले पटक पटक ताकेता गरेपनि सो कम्पनीले काम नगरेपछि प्राधिकरणले २०७४ असोज ६ मा ठेक्का सम्झौता तोडेको थियो । त्यसपछि बोलपत्र आह्वान गरेर २०७४ माघ १२ गते टेल्मोससँग ठेक्का सम्झौता गरेको थियो ।

आगामी असारदेखि ढल्केबर–मुज्जफ्फपुर बिद्युत प्रशारण आयोजना सञ्चालनमा आएपछि नेपाल भारतबीच थप १ सय ५० मेगावाट बिद्युत आदानप्रदान गर्न सकिनेछ । हाल हिँउदको बेला नेपालमा बिद्युत बढी खपत हुने साँझ बिहानको समयमा १ सय २० मेगावाट सम्म विद्युत आयात भइरहेको छ । यो आयोजना सम्पन्न भएपछि दुई देशबिच कूल १ सय ७० मेगावाटसम्म बिद्युत आदानप्रदान गर्न सम्भव हुनेछ ।

यसअघि पहिलो ठेकेदार कम्पनी सिसिपिजीले गएको कार्तिक १७ भित्र सक्ने प्रतिबद्धता जनाएको थियो । तर ठेकेदार कम्पनीको लापरवाहीले आयोजनाको काम पछि सरेको हो ।

अघिल्लो वर्ष प्राधिकरणले हिउदमा ढल्केबर–मुजफ्फपुर क्रस बोर्डर प्रसारण लाईनमार्फत एक सय ४० मेगावाटसम्म विजुली आयोत गरेको थियो । भारतबाट झण्डै तीन सय मेगावाट विजुली आयात भएको थियो ।

मुलुकको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत व्यापारका लागि ढल्केबरमा सव स्टेसन निर्माण गर्न लागिएको हो ।

ढल्केबरमा सव स्टेसन बनाउन नसकेपछि अहिले मुजफ्फपुर बिन्दुमा दुई वटा ट्रान्सफर्मर राखी विजुली आयात भइरहेको छ । प्राधिकरण र कम्पनीबीच १२ जुन २०१४ मा १५ महिनाभित्र २९ डिसेम्बर २०१५ मा काम सक्ने गरी ठेक्का सम्झौता भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री