शुक्रबार, ७ वैशाख २०८१

एशियन लाईफ र महालक्ष्मी विकास बैंकबीच बैंकासुरेन्स सम्झौता

समयपोष्ट २०७५ जेठ २४ गते ८:१०

एशियन लाईफ इन्स्योरेन्स कम्पनी र महालक्ष्मी विकास बैंकबीच बुधबार बैंकासुरेन्स सम्झौता सम्पन्न भएको छ । संझौतापत्रमा एशियनको बतर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठ र महालक्ष्मी विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले हस्ताक्षर गरे ।

Advertisement

सम्झौता अनुसार महालक्ष्मी विकास बैंकको शाखाहरुबाट एशियन लाईफले प्रचलनमा ल्याएका सावधिक र म्यादी गरी १८ वटा जीवन बीमा योजनाहरु खरिद गर्न सहजता प्रदान गर्नेछ ।

साथै एशियन लाईफका बीमा योजनाहरु तथा बीमा सेवाहरु सजिलैसँग बैंकको नेपालभरिका ७१ वटा शाखा कार्यालयहरुबाट समेत लिन सकिनेछ । हाल एशियन लाईफको ६९ उपशाखा तथा २८ वटा शाखा कार्यालयहरु रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री