बिहीबार, १३ वैशाख २०८१

बहुविवाह गर्ने कर्मचारी अब बर्खास्त

समयपोष्ट २०७५ जेठ २६ गते २:२६

अब निजामती कर्मचारीले बहुविवाह गरे जागिरबाट बर्खास्त हुने भएका छन् । सरकारले बहुविवाह गर्ने कर्मचारीलाई सेवाबाट हटाउने गरी नयाँ कानूनको खाका तय गरेको छ ।

Advertisement

आजको राजधानीदैनिकमा खबर छ, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तय गरेको संघीय निजामती सेवाको गठन, सञ्चालन र सोका सर्तको व्यवस्था गर्न बनेको विधेयकमा कर्मचारीले बहुविवाह गरेको अवस्थामा बर्खास्त हुने प्रावधान छ ।

निजामति सेवा ऐन, २०४९ (चौथो संशोधन २०७२) मा यो प्रावधान नभए पनि नयाँ कानूनमा बहुविवाह गर्ने कर्मचारीलाई पनि बर्खास्त गर्ने नियम ल्याउने तयारी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री