बुधबार, १२ वैशाख २०८१

कोरियन भाषा परीक्षामा संलग्न ४७ नक्कली परीक्षार्थी पक्राउ

समयपोष्ट २०७५ जेठ २७ गते ४:५५

नवौँ कोरियन भाषा परीक्षामा संलग्न ४७ नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँका विभिन्न परीक्षा केन्द्रबाट उनीहरुलाई शनिबार दिउँसो पक्राउ गरेको हो ।

Advertisement

प्रहरीले भियर इन्टरनेशनल स्कुल, बौद्धबाट १३ जना, गोल्डेनगेट इन्टरनेशनल कलेज बत्तीसपुतलीबाट एक, भिएस निकेतन तीनकुनेबाट ११, नोवेल एकेडेमी नयाँ बानेश्वरबाट पाँच, युनिभर्सल कलेज, मैतीदेवीबाट पाँच, जेभियर इन्टरनेशनल कलेज, कालोपुलबाट चार र टाइम्स इन्टरनेशनल कलेज डिल्लीबजारबाट आठजनालाई नियन्त्रणमा लिएको छ ।

अर्को व्यक्तिको परीक्षा दिन राहदानी र प्रवेशपत्रसमेत लिई परीक्षा दिइरहेको अवस्थामा जाँच गर्दा नक्कली परीक्षार्थी पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री