शुक्रबार, १६ चैत २०८०

नेपाल इन्स्योरेन्सको १ लाख ६१ हजार कित्ता शेयर लिलामीमा

समयपोष्ट २०७५ जेठ २७ गते ५:२६

नेपाल इन्स्योरेन्स कम्पनीले हकप्रदमा बिक्री नभएको संस्थापक र सर्वसाधारण समूहको शेयर लिलामी मार्फत बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापकतर्फ २ हजार १७७ र सर्वसाधारण समूहतर्फ १ लाख ५८ हजार ९४६ कित्ता हकप्रद लिलामी मार्फत बिक्री गर्ने भएको हो ।

Advertisement

कम्पनीको लिलामी सेयरमा असार ३ गतेदेखि १० गतेसम्म शिलवन्दी बोलपत्र पेश गर्न सकिनेछ । कम्पनीको बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले क्यापिटलका राजधानीका लाजिम्पाट, लालदरबार, लगनखेल शाखाहरु, चिप्लेढुंगा पोखरा, ट्राफिक चोक बुटवल, आदर्शनगर बीरगञ्ज र गोल्छाचोक विराटनगर तथा नेपाल इन्भेष्टमेन्ट बैंकका सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढी शाखाबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री