शनिबार, ८ वैशाख २०८१

चीन जोड्ने रसुवागढी-स्याफ्रूबेँसी पुल निमार्ण प्रस्ताव स्वीकृत,यस्ता छन् मन्त्रिपरिषद्को अन्य निणर्य

समयपोष्ट २०७५ जेठ २७ गते ९:०६

नेपाल प्रहरीमा अब तीन जना मात्र एआईजी रहने भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले तीन जना मात्रै एआईजी रहने गरी दरबन्दी कायम गर्दै एआईजी पद कटौतीको निर्णय गरेको हो ।

Advertisement

यसअघि १६ जना एआइजी रहँदै आएकोमा मन्त्रीपरिषद बैठकले अब ३ जनाको मात्रै दरबन्दी कायम गर्ने गरेको सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

त्यसैगरी सशस्त्र प्रहरीमा पनि एआईजीको दरबन्दी २ जना कायम गरिएको छ । बैठकले स्थानीय तहमा आवश्यक पर्ने जनशक्तिको पदपूर्तिलाई पहिलो प्राथमिकता दिई आगामी आर्थिक वर्ष भित्र १६ सय दरबन्दी र बाँकि दरबन्दी क्रमशः पदपूति गर्ने गृह मन्त्रालयको प्रस्तावित ३ हजार १ सय १ दरबन्दी पनि स्वीकृत गरिएको सरकारका प्रवक्ता बास्कोटाले बताए ।

सरकारले तातोपानीस्थित मितेरी पुल र रसुवागढी–स्याफ्रूबेँसी र चीनको ज्याङबु जोड्ने पुल बनाउने चीन सरकारको प्रस्ताव पनि स्वीकृत गरेको छ । दुवै पुल चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुनेछ।

त्यसैगरी नेपाल र चीन सरकारबीच ऊर्जा क्षेत्रमा सहकार्यका लागि आवश्यक समझदारी गर्ने अख्तियारी ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीलाई दिने निर्णय पनि गरिएको सरकारका प्रवक्ता बाँस्कोटाले जानकारी दिए ।

चीनको नेश्नल इनर्जी अफ एडमिनिष्ट्रेशनले नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयसँग ऊर्जा क्षेत्रमा सहकार्यका लागि समझदारी गर्ने प्रस्ताव अघि सारेको थियो ।

सोही प्रस्तावमा समझदारी गर्ने अख्तियारी मन्त्रिपरिषद बैठकले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनलाई दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री