बिहीबार, २० वैशाख २०८१

टेलिकमकी निर्देशकको पद के हुने भयो ?

समयपोष्ट २०७५ जेठ २७ गते १०:१८

नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनीराज भण्डारीलाई सरकारले सुध्रिने मौका दिएको छ । आइतबारको मन्त्रिपरिषद बैठकले उनलाई सचेत गर्ने निणर्य गरेको छ । यससंगै उनले टेलिकममा निरन्तरता पाउने भएकी छिन् ।

Advertisement

यसअघि व्यवस्थापकीय काम गर्न नसकेको र संस्था निरन्तर ओरालो लागेको भन्दै राजभण्डारीलाई हटाउने गरी स्पष्टीकरण सोधिएको थियो ।

अब उनले टेलिकमको सेवा विस्तार तथा गुणस्तर बृद्धि गर्नुपर्नेछ । उनीमाथि टेलिकमको सेवा र गुणस्तर निरन्तर खस्किादै गएको र प्रतिस्पर्धी सेवा प्रदायकभन्दा १६ अर्ब रुपैयाँले ओह्रालो लाग्दा पनि कम्पनीको सेवा प्रवाह सुधार गर्न असफल भएको आरोप लागेको थियो ।

राजभण्डारीलाई बर्खास्त गर्ने योजना सञ्चार मन्त्रालयले बनाइसकेको थियो । तर, स्पष्टीकरण सोधिएपछि राजभण्डारीलाई जोगाउन विभिन्न शक्तिकेन्द्रहरुमा चलखेल सुरु भएको थियो । सूचना तथा सन्चारमन्त्री गोकुल बास्कोटामाथि बिभिन्न ठाउँबाट दबाब समेत पारिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कामिनीसहित टेलिकमका अधिकारीहरुलाई मौखिक प्रष्टीकरण पनि लिएका थिए । त्यसक्रममा उनले टेलिमको इन्जिन फेर्ने चेतावनी पनि दिएका थिए ।

Advertisement

नेपाल टेलिकमको नेतृत्वमाथि युटीएल र सिजी कम्पनीबाट १० अर्ब भन्दा बढी रकम उठाउन नसकेको आरोपसमेत लगाइएको थियो । त्यस्तै टेलिकमका कर्मचारीले असीमित सुविधा लिइरहेको र राज्यकोषमा जानुपर्ने कम्तिमा ४० करोड रुपैयाँ सेवा सुविधाका नाममा दुरुपयोग भएको आरोपसमेत टेलिकमको व्यवस्थापनमाथि लागेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री