शुक्रबार, १६ चैत २०८०

पहिलो पटक विश्वकप नेपाली मै प्रत्यक्ष प्रसारण (हेर्नुहोस् भिडियो)

समयपोष्ट २०७५ जेठ २८ गते ११:२६

रुसमा अर्को साताबाट सुरु हुने विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण डिस होमको एक्सन स्पोर्ट्स च्यानलले गर्ने भएको छ । यस च्यानलमा मात्र विश्वकप फुटबल प्रत्यक्ष प्रसारण नेपाली भाषामा कमेन्ट्री हुनेछ ।

Advertisement

प्रत्यक्ष प्रसारणमा वरिष्ठ कमेन्टेटर संजिव शिल्पकारले खेलको नेपाली कमेन्ट्री गर्ने डिस होमले जनाएको छ । डिस होमले नेपाली दर्शकका लागि नेपाली भाषालाई प्राथमिकतामा राख्दै कमेन्ट्री दिन लागेको हो ।

खेल विश्लेषणका लागि फुटबलसँग सम्बन्धित केहि चर्चित व्यक्तित्वहरु पनि आबद्ध हुँदैछन् । फुटबल जगत बाहिरका विशेष अतिथिहरु पत्रकार ऋषि धमला, कमेडियन विल्सन विक्रम राईका प्रतिक्रियाहरु पनि कार्यक्रममा प्रसारण गरिने छन ।

विश्वकपको प्रसारणको प्रचार गर्न डिश होमले एउटा प्रोमोसन भिडियो पनि बनाएको छ। उक्त भिडियोमा नेपाल आइडलका शीर्ष तीनमा पर्न सफल गायक प्रताप दासले स्वर दिएका छन् । ‘फुटबलको महाकुम्भ’ नामक भिडियो नेपाली च्यानलले विश्वकपलाई लक्षित गरेर सार्वजनिक गरेको पहिलो गीत पनि हो ।

प्रशारण अघि र पछि, खेलको विश्लेषण र समिक्षा पनि नेपालि भाषा मा नै हुने हुदा बिश्वकपलाई सामान्य नेपाली दर्शकहरुले पनि सजिलै बुझ्न सकिने कुरा डिसहोमले जनाएको छ ।

नेपालमा पहिलो पटक बिश्वकप नेपाली भाषामा प्रशारण हुन लागेकोले दर्शकहरुमा कौतुहलता र गुणस्तरमा शंका उपशंका समेत रहेको छ तर नेपालका प्रख्यात तथा फुटबल कमेण्टेटरिमा विज्ञता हाशिल गरेका सन्जिब शिल्पकार भएकोले गुणस्तरमा कुनै कमी नहुने डिसहोमले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री