शनिबार, १५ वैशाख २०८१

टोयोटाको एक्सचेन्ज मेला सम्पन्न

समयपोष्ट २०७५ जेठ २८ गते ११:३६

विश्व प्रख्यात मोटर कम्पनि टोयोटाको दुई दिने ‘टोयोटा एक्सचेन्ज मेला’ सम्पन्न भएको छ ।

Advertisement

टोयोटाको एकमात्र आधिकारिक बिक्रेता युुनाइटेड ट्रेडर्स सिन्डिकेटले जेठ २६ र २७ गते काठमाडौंको नक्साल बेङक्वेटमा आयोजना गरेको एक्सचेन्ज मेला सम्पन्न भएको हो ।

मेलामा कुनै पनि ब्रान्डका पुरानो गाडी ल्याई उचित मूल्यमा नयाँ टोयोटा गाडी खरिद गर्न सुलभताको साथमा साट्ने व्यवस्था गरिएको थियो । ग्राहकको पुरानो गाडीको सहि मुल्यांकन गरि आवश्यकता अनुसार फाइनान्सको पनि व्यवस्था गरिएको थियो ।

उक्त एक्सचेन्ज मेलामा, टोयोटा स्पेयर्स पार्ट्स आउट्लेट र टोयोटा जेनियुन एसेसरिज आउट्लेट पनि राखिएको थियो । यसै गरि गाडीको निःशुल्क चेकअप, अन द स्पोट फाइनान्स, टेस्ट ड्राइभ र अन द स्पोट मुल्यांकन जस्ता आकर्षक अफरहरुको पनि व्यवस्था थियो ।

उक्त मेला पारिवारिक कार्यक्रम रहेकाले मनोरन्जनका लागि विशेस सांगीतिक ब्याण्ड को लाइभ प्रस्तुति, फूड स्टल र विभिन्न थरीका नृत्यहरु प्रदर्शन हुनुका साथ साथै बच्चाहरुको लागि बाउन्सि क्यासटल, फेस पेन्ट जस्ता विशेस आकर्षणहरुले सुसज्जित यस मेलाबाट हालका ग्राहक तथा सम्भावित ग्राहकहरु समेत आकर्षित भएको कम्पनीको दावी छ ।

आफ्ना ग्राहक प्रति सधै समर्पित रहदै आएको टोयोटा, समयानुकुल र आवश्यकता अनुरुप यस्ता प्रकारका ग्राहकमुखी मेलाहरु भविस्यमा पनि आयोजना गर्दै जाने कुरा कम्पनीका महाप्रबन्धकले बताए । मेलामा २०० जना भन्दा बढी ग्राहकको सहभागिता रहेको थियो भने १० गाडीे एक्सचेन्ज तथा बिक्रि भएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री