शुक्रबार, १४ वैशाख २०८१

युनाईटेड ईन्स्योरेन्सको २४औ बार्षिक साधारण सभा सम्पन्न

समयपोष्ट २०७५ जेठ २८ गते १३:५५

बार्षिक प्रतिवेदन पारित गर्दै युनाईटेड ईन्स्योरेन्स कं. (नेपाल) लि. को २४औ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

Advertisement

बार्षिक साधारण सभाबाट कम्पनीको बार्षिक प्रतिवेदन पारित गर्दैै आ.ब. २०७३/०७४ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, आय–व्यय हिसाव तथा नगद प्रवाह विवरण स्वीकृत भएको कम्पनीले जनाएको छ ।

कम्पनीको आ.व. २०७४/०७५ को लेखापरीक्षण कार्य गर्नको लेखापरिक्षक मदन निरौला एण्ड कम्पनीलाई लेखापरीक्षकमा नियुक्ती गर्ने तथा निजको पारिश्रमिक तोक्ने निर्णय पनि गरेको छ ।

सभामा उपस्थित सर्वसाधारण शेयरधनीहरुले कम्पनीको सुधार हुँदै गईरहेको आर्थिक अवस्थालाई मध्यनजर गर्दै आगामी दिनहरुमा अझ सुधार हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री