मंगलबार, ४ वैशाख २०८१

गाईले एकै बेतमा तीनवटा बाच्छी जन्माएपछि…………

समयपोष्ट २०७५ जेठ २९ गते १३:५९

जो कोहीलाई पनि अचम्म लाग्न सक्दछ गाईले एकै बेतमा तीनवटा बाच्छी जन्माएको सुन्दा ।

Advertisement

कास्कीको माछापुच्छे गाउँपालिका–४ लाहाचोकस्थित गणेश ढकालको घरमा पालेको जर्सी गाईले सोमबार एकै बेतमा तीनवटा बाच्छी जन्माएको छ । गाईले सामान्य अवस्थामा तीनवटा बाच्छी जन्माएपनि एउटा भने लगभग तीन घण्टापछि मरेको र बाँकी दुईवटा सामान्य अवस्थामा रहेको कृषक ढकालले बताउनु भयो ।

उहाँका अनुसार गत वर्ष दूध दिँदै गरेको अवस्थामा पुरन्चौरबाट किनेर ल्याएको सो गाईले दैनिक १० लि दूध दिएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री