शुक्रबार, १६ चैत २०८०

एनएमबी बैंकको एफपिओ आजबाट खुला, कसले कति लगानी गर्ने ?

समयपोष्ट २०७५ जेठ ३० गते ६:५०

एनएमबी बैंकले आजदेखि थप सार्वजनिक निष्काशन (एफपिओ) को बिक्री खुला गरेको छ । बैंकले एक करोड १४ लाख १५ हजार १६३ कित्ता एफपिओ बिक्रीमा ल्याएको हो ।

Advertisement

बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा २३३ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ३३३ रुपैयाँमा एफपीओ बिक्री गर्न लागेको छ । हाल एननएमबीको दोस्रो बजारमा प्रतिकित्ता ३६७ रुपैयाँ मा कारोबार भईरहेको छ ।

बैंकको एफपिओमा यहि जेठ ३० गतेदेखि असार ३ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त अवधिमा आवश्यक आवेदन नपरेमा मात्र असार २८ गतेसम्म आवेदन गर्न सकिनेछ ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५७ हजार ७० कित्तासम्म आबेदन गर्न सकिने बैंकको शेयर निश्काशन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ ।

लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन पाइनेछ । मेरो शेयर प्रयोकर्ताले भने घरमै बसेर इन्टरनेटको माध्यमबाट आवेदन दिन सक्नेछन् ।

बैंकले संस्थापकको ५१ र सर्बसाधारणको ४९ प्रतिशत हिस्सेदारी कायम गर्न एफपिओ बिक्री गर्न लागेको हो । एफपिओबाट बैंकले २ अर्ब ६५ करोड रुपैयाँ प्रिमियम संकलन गर्नेछ भने एक अर्ब १४ करोड १५ लाख रुपैयाँ चुक्ता पूँजी थपिनेछ ।

हाल बैंकको चुक्ता पूँजी ६ अर्ब ४६ करोड १७ लाख रुपैयाँ रहेको छ । एफपिओ जारी पश्चात बैंकको चुक्ता पूँजी ७ अर्ब ६० करोड ३२ लाख नाघ्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री