बुधबार, २६ वैशाख २०८१

मेगा र टुरिजम् बैंकको बोनस प्रस्ताव खारेज, यस्तो छ नयाँ प्रस्ताव

समयपोष्ट २०७५ जेठ ३० गते ६:५४

मेगा बैंकले यसअघि टुरिजम् बैंक र अाफैँले घोषणा गरेको बोनस खारेज गर्दे नयाँ बोनस प्रस्ताव गरेको छ ।

Advertisement

मंगलबार सम्पन्न बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई १०.७५ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैठकले दुबै बैंक एकीकृत कारोबार गरिसकेको अवस्थामा यसअघि टुरिजम् डेभलपमेन्ट बैंक र मेगाले घोषणा गरेको बोनस सेयर खारेज गर्ने र एकमुष्ट रुपमा मेगा बैंक सरह १०.७५ प्रतिशत बाेनस वितरण गर्ने निणर्य गरेको हाे ।

यसअघि टुरिजम् बैंकले आफ्ना सेयरधनीलाई १५ प्रतिशत प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको थियो । अब टुरिजम बैंकका सेयरधनीले पनि १०.७५ प्रतिशत नै बोनस पाउनेछन् ।

Advertisement

यसअघि मेगा बैंकले चुक्ता पूँँजीको ९.४५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो । सो बेला मेगाको चुक्ता पूँजी ७ अर्ब ३७ करोड ६७ लाख ४२ हजार ५२० रुपैयाँ रहेको थियो । अब मेगा बैंकका सेयरधनीले पनि १०.७५ प्रतिशत बाेनस पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री