शनिबार, ८ वैशाख २०८१

ज्योति विकास बैंक लिमिटेड र लुम्बिनी विकास बैंक लिमिटेड बीच रेमिटेन्स सम्झौता

समयपोष्ट २०७५ जेठ ३१ गते ११:०९

ज्योति विकास बैंक लि. र लुम्बिनी विकास बैंक लिमिटेडबिच रेमिट सेवा आदान प्रदान गर्ने सम्झौता भएको छ ।

Advertisement

सम्झौतापत्रमा बिहिवार ज्योति विकास बैंक लिमिटेडको तर्फबाट प्रमूख कार्यकारी अधिकृत मनोज ज्ञवाली तथा लुम्बिनी विकास बैंकका तर्पmबाट निमित्त प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीले हस्ताक्षर गरे ।

ज्योति विकास बैँकले हालै संचालनमा ल्याएको ज्योति रेमिट सेवा लुम्बिनी विकास बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट र लुम्बिनी विकास बैँक को रेमिटेन्स सेवा ज्योति विकास बैँकको सम्पुर्ण शाखाबाट प्राप्त गर्न सकिने भएको छ ।

हाल ज्योति विकास बैँक को ५५ वटा शाखा रहेका छन । यस आर्थिक वर्ष भित्र थप ५ शाखा संचालनमा ल्याउन लागेको बैंकका वरिष्ठ प्रबन्धक मदन कुमार महतले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री