बिहीबार, १३ वैशाख २०८१

आइएमई जनरल इन्स्योरेन्स र बयोधा हस्पिटल सम्झौता

समयपोष्ट २०७५ जेठ ३१ गते ११:१३

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र बयोधा हस्पिटबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

Advertisement

उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव महाप्रबन्धक पवन थापा र बयोधा हस्पिटलका महाप्रबन्धक राजीभ चौधरीले हस्ताक्षर गरे ।

सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकको बीमालेखको सीमासम्म बयोधा हस्पिटबाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ ।

सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव महाप्रबन्धक पवन थापाले बयोधा हस्पिटलले कम्पनीसंगको सहकार्यमा कम्पनीका ग्राहकलाई बीमालेखमा तोकिएको सिमासम्म नगद रहित हस्पिटलाईजेसन सुविधा प्रदान गर्ने इच्छा व्यक्त गरी संझौता गरेकोमा अस्पतालको संचालक समिति तथा व्यवस्थापनलाई धन्यवाद दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री