शुक्रबार, ७ वैशाख २०८१

बाल गायक अशोक दर्जी मलेशिया पुगे

समयपोष्ट २०७५ असार १ गते ७:५७

बाल गायक अशोक दर्जी मलेशिया पुगेका छन् । दर्जी मलेशियामा आयोजना हुन लागेको स्टेज कार्यक्रमको लागि गायक तथा सङ्गीतकार टङ्क बुढाथोकीसँगै मलेसिया पुगेका हुन्।

Advertisement

अशोकको पहिलो गीत ‘मन बिनाको धन ठुलो की धन बिनाको मन’ हो । गीत रिलिज भएको २४ घण्टा नबित्दै ट्रेडिङ वानमा आएको थियो ।

टङ्क बुढाथोकीले मलेशिया प्रस्थान गर्नु अघि आफ्नो फेसबुक मार्फत माया र सहयोगको लागि सबैलाई धन्यवाद दिदै भने, “सबैमा नमस्कार । हजुरहरुको माया साथले गर्दा आज हामी यहाँसम्म आइपुगेका छौ । हाम्रो पहिलो देश बाहिरको कार्यक्रम मलेसियामा रहेको जानकारी दिन चाहन्छु । यो माया र सहयोगको लागि हृदयबाट नै धन्यवाद दिन चाहन्छु ।”

अशोकले मलेशियाबाट उनको बाबालाई चक्लेट ल्याइदिने बताए । अशोक दर्जी र टङ्क बुढाथोकीको साथै गायक प्रकाश सपुत अशोकको घर निर्माण सहयोगार्थ कार्यक्रम लिएर मेलेशिया प्रस्थान भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री