शनिबार, १५ वैशाख २०८१

नायिकाकी बहिनीले रक्सीको मातमा नग्न भिडियो सार्वजनिक गरिदिएपछि……….

समयपोष्ट २०७५ असार १ गते ८:५७

टेलिभिजन नायिका र बिग बसकी पूर्व प्रतिस्पर्धी सारा खानको एक इन्स्टाग्राम स्टोरीले खैलाबैला मच्चाएको छ ।

Advertisement

यसमा उनी बाथटबमा नग्न देखिएकी थिइन् जुन उनकी बहिनी आर्याले लाइभ गरिदिएकी थिइन् ।

त्यसपछि सारा खान हरेक स्थानमा ट्रेन्ड हुन थालिन् । यसबारे प्रतिक्रिया आउन थालेपछि उक्त भिडियो तुरुन्त हटाइएको थियो । यस घटनाबारे साराले भनेकी छिन्, ‘यो हिजो रातीको कुरा हो । म आफ्नी बहिनीसँग रमाइलो गरिरहेको थिएँ । हामी परिवारसँग घुम्न श्रीलंका आइपुगेका छौं । मेरी बहिनीले थोरै रक्सी पिएकी थिइन् र गल्तीपूर्वक भिडियो पोष्ट गरिदिइन् । मानिसबाट गल्ती हुन्छ, त्यसकारण मैले उनलाई माफी दिइसकेकी छु । मलाई लाग्छ कि भारतीय मिडियाले एक महिलालाई बदनाम गर्ने काम बन्द गर्नुपर्छ ।’

यतिमात्र होइन, यो घटनामा सफाई दिनका लागि सारा खानले इन्स्टाग्राम लाइभ च्याट पनि गरिन् जसमा उनले वास्तवमा के भएको थियो, त्यसबारे विस्तृत जानकारी दिइन् । यद्यपी, उक्त लाइभ च्याटमा प्रतिक्रिया आउनुपूर्व नै डिलिट भयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री