शुक्रबार, १६ चैत २०८०

एन आई सी एशिया बैंकद्वारा त्रिभुवन विश्वविद्यालयमा वृक्षारोपण

समयपोष्ट २०७५ असार २ गते ११:३९

एन आई सी एशिया बैंक लिमिटेडले कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको प्राङ्गणभित्र बिभिन्न प्रजातीहरुका बोटविरुवाहरु वृक्षारोपण गरेको छ ।

Advertisement

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत शनिवार त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. तीर्थराज खनियाको उपस्थितिमा उक्त वृक्षारोपण गरेको हो ।

एन आई सी एशिया बैंकले देशभरी रहेका आफ्नो शाखाहरुको पहलमा देशका विभिन्न स्कुल, विश्वविद्यालय, अस्पताल, सरकारी कार्यालय परिसर, उद्यान, खेलकुद मैदान आदि जस्ता स्थानहरुमा वृक्षारोपणको लागि उपयुक्त स्थान छनौट गरि सम्बन्धित संस्था वा समुदायको सहकार्यमा वृक्षारोपण गर्ने गरिरहेको र यसै क्रममा बैंकले हाल सम्म करिब ११००० विरुवाहरुको वृक्षारोपण गरि वातावरणीय सन्तुलन र हरियाली कायम गर्न योगदान पु¥याएको बैंकद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।

बैंकले मुलुकभर २२४ शाखा कार्यालयहरु, २१४ एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं ९ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री