शुक्रबार, ७ वैशाख २०८१

अन्ततः नेपाली फिल्म गर्न तेरिया मगर राजी, यी हिरोसंग रोमान्स गर्ने पक्का

समयपोष्ट २०७५ असार २ गते १४:०६

२०१४ मा जी टीभीको ‘डीआईडी लिटिल मास्टर’ र ‘झलक दिखला जा सिजन – ९’ की विजेता तेरिया फौजा मगरले अब नेपाली फिल्ममा डेब्यु गर्ने भएकी छिन् । उनले म्याक टेन कालुले निर्माण गर्ने नयाँ फिल्म ‘मायाको मोल’ मा काम गर्न लागेकी हुन् ।

Advertisement

तेरियालाई डान्स गुरु सुजन विश्वकर्माले यो फिल्मको अफर गरेका थिए । सुरुमा काम नगर्ने बताएपनि पछि उनी फिल्म गर्न राजी भएकी हुन् । एक मिडियासँगको कुराकानीको क्रममा सुजनले म्याक टेन कालुलाई ‘हिट’ बनाउन तेरियालाई फिल्ममा लिन आफूले पहल गरेको बताए ।

यो फिल्म उनले बिना पारिश्रमिक गर्ने बताइएको छ । सुजन भन्छन्, ‘उनले फिल्मका लागि १ महिना समय दिनेछिन् । त्यसका लागि उनले एक रुपैयाँ पैसा नलिने बताएकी छिन् ।’ फिल्म ‘मायाको मोल’ मा तेरियालाई सुहाउँदो भूमिका रहेको उनी बताउँछन् ।

यसअघि ‘पटुकी’ नामक फिल्म निर्माण गरेको म्याक टेनले तेरियाले अभिनय गर्ने फिल्मको निर्देशन भने आफैंले गर्नेछन् । अहिले फिल्मका लागि गीत रेकडिङको काम भइरहेको छ । फिल्मका गीतमा तेरियाका डान्स गुरु सुजन विश्वकर्माले कोरियोग्राफी गर्नेछन् । ‘मायाको मोल’ मा बिर्जन मिजारले तेरियासँग रोमान्स गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री