बिहीबार, १३ वैशाख २०८१

प्रियंका अमेरिकी बुहारी !

समयपोष्ट २०७५ असार ३ गते ८:१३

चर्चित बलिउड अभिनेत्री प्रियंका चोपडाको नाम पछिल्लो समय हलिउड अभिनेता तथा गायक निक जोनससँग जोडिएको छ । हालै प्रियंका निक जोनसको भतिजीको बिहेमा सरिक भएकी थिइन् ।

Advertisement

भारतीय सञ्चारमाध्यमले निक जोनसको परिवार प्रियंकालाई बुहारी बनाउन तयार रहेको बताएका छन् । तर, प्रियंकाकी आमा मधु चोपडाले छोरीको अफेयरबारे चलेका हल्ला गलत भएको प्रतिक्रिया दिएकी छिन् ।

उता, निक जोनस भने प्रियंकामाथि आफ्नो सारा ध्यान लगाइरहेको र प्रियंकालाई आफू खास रहेको महसुस गराउन सक्दो प्रयास गरिरहेको बताइएको छ ।

समाचारमा जनाइएअनुसार निकले प्रियंकासँगको सम्बन्धलाई बिहेमा परिणत गर्न खोजेको बताइएको छ । चाँडै नै उनले यसबारे घोषणा गर्ने अनुमान पनि भारतीय मिडियाहरूले गरेका छन् ।

खास कुरा त के छ भने निक प्रियंकाभन्दा १० वर्षले कान्छा छन् । पहिलोपटक यी दुई एक इभेन्टमा सँगै देखिएका थिए । उनीहरूले डिजाइनर राल्फ लनेन्सको ड्रेस लगाएर तस्बिर खिचेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री