बिहीबार, १३ वैशाख २०८१

प्रभु बैंकको २२ लाख ३१ हजार कित्ता हकप्रद लिलाममा

समयपोष्ट २०७५ असार ४ गते ६:१८

प्रभु बैंकले हकप्रदमा नबिकेको २२ लाख ३१ हजार कित्ता शेयर लिलामी मार्फत बिक्री गर्ने भएको छ । कम्पनीले असार ११ देखि १८ गतेसम्म लिलामी सेयरमा बोलपत्र पेश गर्न सकिने बिक्री प्रवन्धक प्रभु क्यापिटलले जनाएको छ।

Advertisement

बोलपत्र आवेदनको लागि न्यूनतम १००० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि पाइनेछ। तर यसभन्दा अगाडी कायम शेयर सहित नेपाल राष्ट्र बैंकले तोकेको अधिकतम सीमा भन्दा बढि नाघ्ने गरि आवेदन दिन नपाइने बैंकले जनाएको छ। आवदेनको लागि प्रभु क्यापिटल कमलादी, प्रभु बैंकको केन्द्रीय तथा शाखा कार्यालयहरु रहेका छन्।

कम्पनीले जारी गरेको मध्ये संस्थापक तर्फ १५ लाख ६० हजार कित्ता र सर्वसाधरण तर्फ ६ लाख ७१ हजार कित्ता हकप्रद बिक्री भएको थिएन।

प्रतिक्रिया

सम्बन्धित सामाग्री