शुक्रबार, १४ वैशाख २०८१

सेयर बजारमा १.९२ अंकको बृद्धि, कारोबारमा आएन सुधार

समयपोष्ट २०७५ असार ४ गते ९:३१

सोमबार सेयर बजारमा १ सय ५४ कम्पनीका ४ लाख कित्ता सेयर १९ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ ।
आज सबैभन्दा बढी सेयर नेपाल बैंक लिमिटेडको किनबेच भयो । आज नेप्से परिसुचक १.९२ अंकले बढेर १२३५.१५ विन्दुमा पुगेको छ । आज चार उपसुचक बढेका छन् भने अन्य सबै समुह उपसुचकहर घटेका छन् ।

Advertisement

आज बाणिज्य बैंक समुह ०.५४,विकास बैंक १.२७,फाईनान्स ०.२६ र उत्पादनमुलक समुह ८.१८ अंकले घटेको छ । यसैगरी होटल समुह ४.३८,जलविद्युत ९,बिमा २२.५२,अन्य ५.२६ र लघुवित्त समुह ८.७ अंकले बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री