शनिबार, २९ वैशाख २०८१

सन्नी लियोनी यो तस्विरका कारण किन बनिन् ट्रोल ?

समयपोष्ट २०७५ असार ४ गते १०:५३

सन्नी लियोनका श्रीमान् डेनियल वेबरले आइतबार एक तस्विर इन्टाग्राममा सेयर गरे । फादर्स डेको मौका पारेर सेयर गरिएको उक्त तस्विरमा डेनियलले आफ्नो, सन्नी र छोरी निशाको तस्बिर सेयर गरेका छन् ।

Advertisement

उक्त फोटोमा सन्नी र निशा नग्न देखिएका छन् भने ड्यानियलले पनि टिसर्ट लगाएका छैनन् ।

यो फोटो पोष्ट गरेर ड्यानियलले लेखे, ‘आज फादर्स डे हो । यो सबैभन्दा सर्वोत्तम प्रेम हो । धन्यवाद सन्नी लियोन, निशा कौरसँग भेट गराएकोमा र हामी दुबैलाई प्रेम गरेकोमा । तिमी सधैं उत्कृष्ट कुरा थाहा पाउने व्यक्ति हुनेछौ । उनी मेरा लागि सबैकुरा हुन्, उनले मेरो मन जितेकी छिन् । ’

यो पोष्टमार्फत डेनियल आफ्नो, सन्नी र निशाको पवित्र सम्बन्ध दर्साउन चाहन्थे । यो फोटो पनि एक डिसेन्ट फोटोसुट देखिएको छ । तर यी फोटो हेरेपछि मानिसहरुले सन्नी र डेनियललाई ट्रोल गर्न सुरु गरे ।

कतिले सन्नी, डेनियल र उनकी छोरीबीचको सम्बन्धमा पनि प्रश्न तेर्साउन थाले । कतिले एक आमाले आफ्नो बच्चाको अगाडि यसरी तस्बिर खिचाउनु हुँदैनसमेत भने ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री