शुक्रबार, १४ वैशाख २०८१

ओली र प्रचण्ड दुबै नभएपछि नेकपाको कार्यवाहक अध्यक्ष बने माधव नेपाल

समयपोष्ट २०७५ असार ५ गते ४:४७

तीन नेतालाई फरक-फरक मोर्चाको कार्यवाहक प्रमुखको जिम्मेवारी दिएर प्रधानमन्त्री ओली चीन प्रस्थान गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले नेकपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी बरिष्ठ नेता माधवकुमार नेपाललाई दिएका छन् ।

Advertisement

नेकपाका अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको उपचारका सिलसिलामा सिंगापुरमा छन् । प्रचण्ड स्वदेशमा नभएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी बरिष्ठ नेता माधवकुमार नेपाललाई दिईएको हो ।

यस्तै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई दिएका छन् भने नेकपा संसदीय दलको कार्यवाहक नेताको जिम्मेवारी उपनेता सुवास नेम्वाङलाई दिएका छन् ।

कार्यवाहक अध्यक्ष नेपालले दुवै अध्यक्ष नभएको बेला पार्टी सञ्चालनको नेतृत्व गर्नेछन् भने कार्यवाहक प्रधानमन्त्रीले प्रधानमन्त्रीको अनुपस्थितमा सरकार सन्चालन गर्नेछन् । संसदीय दलका कार्यवाहक नेता नेम्वाङले संसदीय फाँटका गतिबिधिको नेतृत्व गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री