शुक्रबार, ७ वैशाख २०८१

कार्यकक्षमै थुनिए क्याम्पस प्रमुख !

समयपोष्ट २०७५ असार २५ गते १:३२

तीन विद्यार्थी संगठनले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका क्याम्पस प्रमुखलगायत पाँच जनालाई आइतबार सात घण्टा कार्यकक्षमै थुनेका छन् ।

Advertisement

आजको कान्तिपुर दैनिकमा खबर छ,क्याम्पस प्रमुख बाबुराम तिम्सिना, सहायक प्रमुख सुशील अधिकारी, ताराप्रसाद यादव, मोहनकुमार श्रेष्ठ र सामान्य प्रशासन प्रमुख गुदरप्रसाद यादवलाई थुनेका हुन् ।

१९ बुँदे सहमतिपछि उनीहरूलाई मुक्त गरेका थिए ।

अखिल, अखिल क्रान्तिकारी र नयाँ शक्ति विद्यार्थी संगठनले क्याम्पस प्रमुख तिम्सिनाको कार्यकक्षमा तालबन्दी गरी अपरान्ह १२ बजेदेखि साँझ ७ बजेसम्म थुनेका थिए ।

पाँच घण्टा थुनिएपछि क्याम्पस प्रमुख तिम्सिना वार्ता गर्न तयार भएको नयाँ शक्ति विद्यार्थी संगठनका क्याम्पस इकाइ इन्चार्ज कमल पोख्रेलले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री