शुक्रबार, १६ चैत २०८०

यी चिज खाएपछि बिर्सेर पनि नपिउनुहोस् दुध

समयपोष्ट २०७५ असार २७ गते ११:३४

दुध स्वास्थको लागि निकैनै लाभदायक मानिन्छ । तर दुध खाँदा दुधसंग के खाने के नखाने थाहा नहुँदा स्वास्थमा प्रतिकुल असर गर्नसक्छ ।

Advertisement

दुध खाँदा दुधसंग के नखाने
– दुधसँगै दहीको सेवन नगर्न सुझाइन्छ । यी दुई एकैपटक खाँदा छाला रोग निम्तिने गर्छ ।

– कटहर खाएपछि र खानुअघि दुध पिउनुहुन्न किनभने दुध र कटहर मिलेर रियाक्सन गर्नसक्छ जसका कारण तपाईंलाई विभिन्न प्रकारको छाला रोग लाग्नसक्छ ।

-दुधसँग तिल पनि खानुहुँदैन-

-दुधसँग अमिलो खानेकुराको सेवन हानिकारक मानिन्छ ।

-नुन र नुनयुक्त कुनै पनि खानेकुरा दुधसँग कहिले खानुहुँदैन ।

-माछा खाएपछि दुध पिउनुहुँदैन । आयुर्वेदमा माछा खाएपछि दुध पिउनु र दुध पिएपछि माछाको सेवन गर्नु दुबै स्वास्थ्यको दृष्टिकोणले हानिकारक मानिन्छ । यदि तपाईं पनि माछा खाएपछि दुध पिउनुहुन्छ भने तपाईंलाई ल्यूकोडर्मा हुनसक्छ । यो एउटा छाला रोग हो जसमा साना सेता दाग देखिन्छन् जुन समयसँगै बढ्दै जान्छ । आयुर्वेदमा दुधसँग अन्य केही खानेकुरा पनि नखान सल्लाह दिइन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री