मंगलबार, ११ वैशाख २०८१

त्रिविले खोज्यो ५२ निकायको सम्पत्ति

समयपोष्ट २०७५ असार ३१ गते २:०६

त्रिभुवन विश्वविद्यालयले आफ्नो स्वामित्वमा रहेका ५२ निकायको जमिनको विवरण खोजेको छ । त्रिविद्वारा गठित त्रिवि सम्पत्ति संकलन, संरक्षण तथा व्यवस्थापन समितिले भौतिक सम्पत्ति खोजी गरेको हो ।

Advertisement

आजको नेपाल समाचारपत्रमा खबर छ,प्रा.अनुपकुमार श्रेष्ठको संयोजकत्वमा गठित ११ सदस्यीय उक्त समितिले केन्द्रका २२ र उपत्यका बाहिरका ३८ निकायको जमिनको लागत तयार गरेको हो । विसं २०१६ सालमा त्रिवि स्थापना भएदेखि हालसम्म कुनै सम्पत्ति खोजी भएको थिएन ।

तथ्यांकअनुसार त्रिवि र यस मातहतका क्याम्पस र निकायको अधीनमा १ हजार ४ सय ७८ हेक्टर अर्थात् १ करोड ४७ लाख ८८ हजार ७ सय ५४ वर्गमिटर जग्गा छ । तीमध्ये १ करोड ३१ लाख ३६ हजार ९ सय ३१ वर्गमिटर जग्गा त्रिविको पूर्ण स्वामित्वमा रहेको छ ।

तथ्यांकअनुसार ९ लाख ९८ हजार ९ सय १६ वर्गमिटर जग्गा भोकाधिकार गरिएको छ । ६ लाख ५२ हजार ९ सय ३ वर्गमिटर जग्गा भोगचलन गरिएको वा आफ्नो स्वामित्वमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री