शुक्रबार, ७ वैशाख २०८१

हिन्दु धर्मले किन भन्छ गर्भवती महिलाले नदी पार गर्नु हुँदैन ?

समयपोष्ट २०७५ असार ३१ गते ८:२९

हामीले हाम्रा हजुरबुवा हजुरआमाले गर्भवती भएका बेला महिलाले कहिले नदी पार गर्नुहुँदैन । अशुभ हुन्छ भन्ने सुन्दै आएका छौ । अशुभ कसरी हुन्छ ? किन यस्तो भनिएको होला ?

Advertisement

यसको पछाडि सुरक्षा चासो जोडिएको पाइन्छ । प्राचीन समयमा साँघु, पुल आदिको व्यवस्था थिएन तसर्थ उतिबेला हिँडेर, पौडेर वा डुंगा आदिमा बसेर नदी पार गर्नुपर्ने हुन्थ्यो जसबाट दुर्घटनामा पर्ने सम्भावना पनि बढी हुन्थ्यो ।

महिलाका लागि संवेलनशील यो अवस्थामा जोखिम मोल्दा आमा तथा शिशु दुवैको ज्यान खतरामा पथ्र्यो । त्यसबाट जोगिन वा गर्भवतीको सुरक्षालाई दृष्टिगत गरी गर्भवतीले खोला तर्नुहुँदैन भन्ने धार्मिक मान्यता स्थापित गरिएको पाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री