शनिबार, १५ वैशाख २०८१

मानिसको भाग्य बदल्न खास मानिन्छ क्रिस्टल बल,घरको यो स्थानमा राख्नुहोस्

समयपोष्ट २०७५ असार ३२ गते ६:३७

रंगि बिरंगि क्रिस्टल बल घर सजावटको लागि मात्र नभै यसले घरमा आईपर्ने समस्याबाट समेत टाढा राख्ने बताईन्छ । फेंगसुई (चिनियाँ वास्तु)का अनुसार क्रिस्टल बल मानिसको भाग्य बदल्न खास मानिन्छ । यसलाई घर सजावटमा प्रयोग गर्दा खास स्थानमा सही तरिकाले राख्दा घर परिवारमा भएका कर्यौ समस्याहरु समाधान हुँने बताईन्छ ।

Advertisement

फेंगसुईका अनुसार क्रिस्टल बल आर्थिक क्षेत्रमा एकदम खास मानिन्छ । यसले आसपासका नकारात्मक उर्जा खिचेर सकारात्मक उर्जा फाल्ने बताईन्छ । फेंगसुईका अनुसार घर भित्र क्रिस्टल बल राख्नाले यसले भित्रको नकरात्मक उर्जा बाहिर फालिदिन्छ । जसले आर्थिक समस्या समाधान हुँने बताईन्छ । क्रिस्टल बल लिभिंग रुमको दक्षिण पश्चिम दिशामा राख्नुपर्छ । लिभिंग रुम परिवारका सबै सदस्यहरु भेटघाट हुँने स्थल भएकाले क्रिस्टल बललाई त्यही राख्नु शुभ मानिन्छ ।

क्रिस्टलबललाई लिभिंग रुममा राख्दा तपाई समाजमा लोकप्रिय समेत बन्न सक्ने फेंगसुइमा बताइएको छ । क्रिस्टिल बलबाट पुरा लाभ प्राप्त गर्नको लागि यसलाइृ दिनको तीन पटक क्लक वार्यज दिशामा घुमाउनु शुभ मानिन्छ । रचनात्मकता विकास गर्नको लागि सेतो रंगको क्रिस्टल बल उचित मानिन्छ । पिंक र पर्पल कलरको क्रिस्टल बल बेड रुममा राख्न सकिन्छ । घरको मुख्य द्धार अगाडी क्रिस्टल बल झुण्डाउँदा घर भित्र नकारात्मक उर्जा प्रवेश गर्न पाउदैन ।

साथै श्रीमान श्रीमतीबीच सधै वादविवाद भैरहन्छ भने बेडरुमको पश्चिम दिशामा काँचको भाडामा २ या ४ बल्स राख्दा श्रीमान श्रीमतीबीच आपसमा प्रेम बढ्ने बताईन्छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री