शुक्रबार, १६ चैत २०८०

बिचौलियालाई मालपोत र नापी कार्यालय प्रवेशमा रोक !

समयपोष्ट २०७५ असार ३२ गते १०:२५

अनधिकृत खेतीयोग्य जग्गा बेचबिखन गर्न उक्साउने कर्मचारीको अभिलेख राख्ने र जग्गाको खण्डीकरणमा सहयोग पु¥याउने बिचौलियालाई मालपोत र नापी कार्यालय प्रवेशमा रोक लगाइने भएको छ ।

Advertisement

साउन १ गतेदेखि लागू हुनेगरी त्यस्तो काम नगर्नु र नगराउनु हुन कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनालीले प्रेश विज्ञप्ति जारी गरी सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो ।

सचिव मैनालीद्वारा जारी विज्ञप्तिमा गलत कामकाज गर्ने कर्मचारीको लगत राख्ने र शून्य सहनशीलताका आधारमाा कारवाही अघि बढाउन सर्वसाधारणको जानकारीका लागि विज्ञप्ति जारी गर्नुपरेको उल्लेख छ ।

विज्ञप्तिमा नापी र मालपोत कार्यालयमा कार्यरत कर्मचारीले अनिवार्य पोशाक र परिचयपत्र लगाउनाका साथै सम्बन्धित कार्यालयबाट विद्युतीय सेवामार्फत सेवाग्राहीका काम छिटोछरितो गर्न र गराउनुहुन निर्देशन गरिन्छ भनिएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री