बिहीबार, १३ वैशाख २०८१

बंगलादेशमा नेपाली विद्यार्थीहरुलाइ पठाउन सरकारलाई आग्रह

समयपोष्ट २०७५ असार ३२ गते ११:३७

हाजी मोहम्मद दानिश साइन्स एण्ड टेक्नोलोजी विश्वबिद्द्यालय दिनाजपुर बंगलादेश, अन्तराष्ट्रिय सम्बन्ध शाखा कृषि संकाय–प्रमुख बक्ता प्रा.डा.बिकाश चन्द्र ‘सरकार’ ले बंगलादेशमा अध्ययनको लागि नेपाली विद्यार्थीहरुलाई आग्रह गरेका छन् ।

Advertisement

रिपोर्टर्स क्लब नेपालमा हाजी मोहम्मद दानिश साइन्स एण्ड टेक्नोलोजी विश्वबिद्द्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो आग्रह गरेका हुन।

उनले भने, ‘सन् १९९९ सालमा स्थापना भएदेखि नै नेपाली लगाएत अन्य देशका विद्यार्थीहरु पढ्नको लागि बंगलादेशको हाम्रो विश्वविद्यालयमा पढ्न आउने गरेका छन् ।’

उनले अघि थपे, ‘हाजी मोहम्मद दानिश साइन्स एण्ड टेक्नोलोजी विश्वविद्यालय सन् १९९९ मा बंगलादेशको दिनाजपुर (उत्तरी भेग) भन्ने ठाउमा पहिलो सरकारी विश्वविद्यालय रुपमा स्थापित भएको हो । सार्क छात्रवृति अन्तर्गत नेपाल, भारत, पाकिस्तान, भुटान लगायतका बिदेशी बिदद्यार्थी हरुलाई अध्ययन अध्यापन गराउदै आएको छ ।’

प्रा.डा.बिकाश चन्द्र ‘सरकार’ ले नेपालको काकरभिट्टा सिमाना देखि ३ घन्टाको दुरीमा अबस्थित रहेको उक्त विश्वविद्यालय स्थापनाकाल देखि सैयौको संख्यामा नेपाल लगायत अन्य देशका बिद्यार्थीहरु दीक्षित गराईसकेको जानकारी दिएका छन् ।

उनले भने, ‘हाल १ सय ७५ भन्दा बढी विद्यार्थी स्नातक तहमा तथा ७५ भन्दा बढी स्नातकोत्तर तहमा बिदेशी बिद्यार्थीहरु अध्ययनरत रहेका छन्, बंगलादेशमा रहेको सरकारी विश्वविद्यालयहरु मध्ये यो विश्वविद्यालयले सबै भन्दा बढी बिदेशी बिद्द्यार्थी पढाउन सफल छ, बिदेशी बिद्यार्थीहरुका लागि इन्टरनेट लगायत आबश्यक सेवा सुबिधा र छात्राबास खाने ब्यबस्था छुटै गरिएको छ ।

उनले अघि थपे,‘गुणस्तरीय र प्रभावकारी प्राबिधिक शिक्षा र बिद्यार्थी स्तरीय जनशक्तिको रुपमा बिकाश गर्न आबश्यक कदमहरु चालिएका छन्, बिदेशी विद्यार्थीका लागि उच्त्तम प्रविधियुक्त शिक्षा प्रदान गर्नका लागि आबश्यक थप १० तल्ले भवन निर्माण कार्य द्रुत गतिमा अगाडी बढाईएको छ ।’

उक्त बिश्वबिद्यालयमा बिद्यार्थीलाई आबश्यक पर्ने कक्षा कोठा, पुस्ताकालय, प्रयोगशाला, छात्राबास, खेलमैदान लगायतका पुर्बाधारहरु प्रसस्त रहेको जाकारी दिदै उनले भने,‘ हाल यस बिश्वबिद्यालयमा ९ वटा संकाय अन्तर्गत ४४ वटा बिभागहरु (डिपार्टमेन्ट) संचालनमा रहेका छन्, प्राबिधिक शिक्षाका लागि समग्र दृष्टिकोणमा उच्चस्तरको शिक्षा प्रदान गर्दै आएको यस विश्वबिद्द्यालयमा इन्जियानिरिंगको बिषय, कृषिको सम्पूर्ण बिषय, पशु चिकित्सा, ब्यबस्थापन, ललितकला, मत्श्य बिज्ञान, आर्ट लगायतका अन्य बिषयमा अध्ययन अध्यापन गराउदै आएको छ ।’

कार्यक्रममा उक्त विश्वविद्यालयका अन्तराष्ट्रिय सम्बन्ध शाखाका सहायक रजिस्ट्रार,मो.जहाँगिर हुसेनले नेपाल लगायत सम्पूर्ण सार्क राष्ट्र तथा नाइजेरिया, सोमालिया मध्यपूर्व र अन्य अफ्रिकी राष्ट्रका बिद्यार्थीहरु अध्ययनरत रहेको बताएका छन् ।

उनले भने,‘स्थानीय बिद्यार्थी सरह बिदेशी बिद्यार्थिले पनि भर्ना, छात्राबास, खाना, सेमेस्टर लगायतका नियुन्तम शुल्कहरु मात्रै तिर्नुपर्ने, यस बिश्वबिद्द्यालयमा अध्ययनका लागि नेपाल तथा बंगलादेशमा रहेको दुई देशको सरकारी निकाय हरु मार्फत आबश्यक प्रक्रिया पुरा गरि भर्ना पाउन सकिने ब्यबस्था रहेको छ ।’

आगामी जनवरी महिनाबाट नयाँ शैक्षिक सत्र शुरु हुने यस बिश्वबिद्द्यालयमा सेप्टेम्बरदेखि अक्टोबरसम्ममा आबश्यक प्रक्रिया पुरा गरिसक्नु पर्ने हुन्छ ।
उक्त बिश्वबिद्यालयमा भर्ना पाउन इचुछ्क विद्यार्थीले एसएलसी तथा प्लस टु मा कम्तिमा प्रथम श्रेणीमा पास गरेको हुनु पर्ने हुन्छ ।
बिश्वबिद्यालयमा काकरभिट्टा तथा सिलिगुड़ी बाट सिधा बस मार्फत पुग्न सकिने आयोजकले जानकारी दिएको छ ।
कार्यक्रममा अशोक हाथी, उक्त विश्वविद्यालयका पूर्व नेपाली विद्यार्थी रोशन साहको उपस्थिति रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री